३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार – Janadesh Daily | ePaper

३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार


काठमाडौँ । सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बुधबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

कार्यालयले ९१ दिनको लागि ५ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि १० अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ भने १८२ दिनको लागि ६ अर्बको नयाँ र ५ अर्ब नबीकरण गरि ११ अर्बको ट्रेजरी विल जारी गर्ने भएको छ ।

त्यस्तै, ३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल नविकरण गर्ने भएको छ । यी ट्रेजरी बिल क्रमशः भदौ ५ गते, मंसिर ११ गते र २०८२ जेट १४ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिलको बोलकबोल बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्