बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै – Janadesh Daily | ePaper

बैतडीमा भोलिदेखि पोलियोविरुद्धको खोप लगाइँदै


बैतडी। बैतडीका करिब १३ हजार बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाइँदैछ । जिल्लाका सात सय ६० केन्द्रबाट भोलिदेखि खोप अभियान सञ्चालन हुन लागेको हो ।

जिल्लाका १२ हजार आठ सय ३५ बालबालिकालाई आइपिभी खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तीर्थ भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र विसं २०७३ वैशाखदेखि विसं २०७५ असोजसम्म जन्मेका बालबालिकालाई खोप लगाइने छ ।

देशभरि सञ्चालन भइरहेको खोप अभियान बैतडीमा भने भोलिदेखि जेठ २३ गतेसम्म हुने भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर हरिष भट्टले जानकारी दिनुभयो । खोप अभावका कारण यसअघि छुटेका बालबालिकालाई पोलियोको जोखिम हुने भएकाले अभियान सञ्चालन गरी सबैलाई खोप लगाउने तयारी भएको उहाँको भनाइ छ । नजिकको खोप केन्द्रमा गएर आफ्ना बालबालिकालाई पोलियोविरुद्ध आइपिभी खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्