१९ अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार – Janadesh Daily | ePaper

१९ अंकले घट्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १९.८९ अंकले घटेर दुई हजार ०६९.५३ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, विकास बैंक ४०, अन्य १३, जीवन बीमा ११५, माइक्रोफाइनान्स ८७, निर्जीवन बीमा ११४, होटल तथा पर्यटन १३९, र व्यापार उपसमूह ९ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर १२, उत्पादन ८२ र फाइनान्स उपसमूह ३ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३११ कम्पनीको ९८ लाख कित्ता सेयर ४ अर्ब २१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्