प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य – Janadesh Daily | ePaper

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन आइतबार प्रतितोला रु एक लाख ४१ हजार तीन सयमा कारोबार भएकामा आज त्यति नै परिमाणको सुनको मूल्य रु एक लाख ४० हजार तीन सय निर्धारण भएको छ ।

महासङ्घले चाँदीको मूल्य तोलामा रु १५ ले घटेको बताएको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी आज रु एक हजार आठ सय ३५ मा खरिदबिक्री हुँदैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्