नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब ३८ करोडको कारोबार – Janadesh Daily | ePaper

नेप्सेमा सामान्य अंकको गिरावट, ४ अर्ब ३८ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १.९३ अंकले घटेर दुई हजार ०७७.७८ विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक २४, जीवन बीमा २९, निर्जीवन बीमा ४०, अन्य २, फाइनान्स ४५ र उत्पादन उपसमूह ४२ अंकले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन ५, हाइड्रोपावर २०, माइक्रोफाइनान्स ४२ र व्यापार उपसमूह ५८ हंकले बढेको छ ।

आज सबैभन्दा धेरै माई खोला हाइड्रोपावरको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इमर्जीङ नेपाल र मीड सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३२२ कम्पनीको ८८ लाख कित्ता सेयर ४ अर्ब ३८ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्