‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’ – Janadesh Daily | ePaper

‘किमद्वारा नितिगत अधिकार अन्य नेताहरूलाई हस्तान्तरण’


सियोल,

उत्तर कोरियाली सर्वोच्च नेता किम जङ–अनले तनावको स्तर कम गर्न कैयौँ नीतिगत अधिकार अरूलाई सुम्पिएको एक दक्षिण कोरियाली जासुसी संस्थाले दाबी गरेको छ ।

किमले अहिले पनि अझै पनि सम्पूर्ण राजकीय मामिला चलाइरहेको नेशनल इन्टेलिजेन्स सर्भिसले उल्लेख गरेको छ । दक्षिण कोरियाली उक्त गुप्तचर संस्थाले बताए अनुसार सर्वोच्च नेता किमले बहिनी किम यो–जङलाई थप जिम्मेवारी हस्तान्तरण गर्दै उहाँलाई थप शक्तिशाली बनाएको छ ।

संस्थाले यो सूचना दक्षिण कोरियाको माथिल्लो सदनको बन्द छलफलमा दिएको बताइएको छ । छलफलपछि सांसदहरूले उक्त आँकलनबारे पत्रकारहरूसँग छलफल गरेका बीबीसीले उल्लेख गरेको छ ।

जासुसी संस्थालाई उद्धृत गर्दै भनिएको छ, “सर्वोच्च नेता किम जङ–अनले अझै पनि पूर्ण अधिकार प्रयोग गरिरहनुभएको तर विस्तारै आफ्नी बहिनीलाई शक्तिशाली बनाउने रणनीति अघि सारेको देखिन्छ ।

अब अमेरिका र दक्षिण कोरियाबारे प्योङ्याङको नीतिसहित अन्य नीतिगत मुद्दाहरूको जिम्मेवारी बहिनी किममा सरेको र उनी वास्तविक रूपमा दोस्रो नम्बरको बनेको समाचारहरू सार्बजनिक भएका छन् । तर नेता किमले बहिनीलाई ‘उत्तराधिकारी छान्नुभएको’ भने छैन ।

नेता किमको निर्णय ’राजकीय तनावबाट छुटकारा पाउने र नीतिगत विफलताको दोषबाट जोगिने’ उपाएको एउटा भाग भएको जासुसी संस्थाको दावी रहेको छ । रासस/योन्हाप/एएफपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्