३३ अंकले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको कारोबार – Janadesh Daily | ePaper

३३ अंकले बढ्यो नेप्से, ५ अर्ब ५५ करोडको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ३३.१५ अंकले बढेर दुई हजार ११५.२४ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, विकास बैंक ५७, फाइनान्स ४६, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ६६, जीवन बीमा २४१, उत्पादन २६, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा २३३, अन्य ८ र व्यापार उपसमूह ६२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर, ग्रिन भेन्चर्स लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सामलिङ पावर कम्पनीको सेयर ५ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३११ कम्पनीको एक करोड २६ लाख कित्ता सेयर ५ अर्ब ५५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्