१८ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार – Janadesh Daily | ePaper

१८ अंकले घट्यो नेप्से, ४ अर्बको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १८.७६ अंकले घटेर दुई हजार ०७६.४९ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ३५, फाइनान्स २३, होटल तथा पर्यटन ३९, हाइड्रोपावर २२, जीवन बीमा १००, उत्पादन ३४, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ८८, अन्य १२ र व्यापार उपसमूह २ १८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३१८ कम्पनीको ९५ लाख कित्ता सेयर ४ अर्ब ५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्