१० अंकले घट्यो सेयर बजार, ३ अर्ब ८७ करोडको कारोबार – Janadesh Daily | ePaper

१० अंकले घट्यो सेयर बजार, ३ अर्ब ८७ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से १०.४४ अंकले घटेर दुई हजार ०६८.३१ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ३४, होटल तथा पर्यटन ४९, हाइड्रोपावर १५, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ३३, अन्य ७, जीवन बीमा ८२, उत्पादन १० र व्यापार उपसमूह २० अंकले घटेको छ । त्यस्तै, आज फाइनान्स उपसमूह भने ४२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोपावरको सेयर झण्डै साढे ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज कालीका लघुवित्त वित्तिय संस्थाको सेयर साढे ७ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यस दिन ३०६ कम्पनीको ८६ लाख कित्ता सेयर ३ अर्ब ८७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्