प्रतितोला २७ सय रुपैयाँले घट्यो सुनको मूल्य – Janadesh Daily | ePaper

प्रतितोला २७ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार (कारोबारको अन्तिम दिन) चाँदी तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्