काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको २९ जनाको टोली चीन भ्रमणमा जाने भएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा रिमालसहितको टोली आज साँझ चीन भ्रमणमा जाने भएको हो । सो भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहसँग भेटवार्ता हुने बताइएको छ ।
भ्रमणमा रिमालसहित भानुभक्त ढकाल,नागेन्द्र शाही,सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा लगायत रहेका छन् । चीन भ्रमणमा जान लागेको पार्टीको प्रतिनिधि मण्डलसँग सोमबार पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफलसहित निर्देशनसमेत दिएका थिए।