दाङका दुई गाउँपालिका कोरोना मुक्त – Janadesh Daily | ePaper

दाङका दुई गाउँपालिका कोरोना मुक्त


चन्द्रप्रकाश नेपाली:

घोराही । दाङका दुई स्थानिय तह कोरोना संक्रमण मुक्त भएका छन् । बंगलाचुली र दंगिशरण गाउँपालिका कोरोना मुक्त भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । बंगलाचुली गाउँँपालिकामा १ सय ६० जना संक्रमित देखिएकोमा उनिहरु सबै संक्रमण मुक्त भएका छन् ।

त्यसैगरी, दंगीशरण गाउँपालिकामा ५ जनामा संक्रमण देखिएकोमा सबै जना निको भएर घर फर्किसकेका छन् । दुई स्थानिय तह कोरोना संक्रमण मुक्त भएपछि अझै ८ वटा स्थानिय तहमा अझै सक्रिय कोरोना संक्रमितहरु रहेका छन् ।

तुलसीपुर उपमहानगरमा १२, घोराही उपमहानगरमा २, लमही नगरपालिकामा ६, बबईमा ७, शान्तिनगरमा ५, राप्ती, गढवा र राजपुरमा दुई दुई जना सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।

दाङमा अहिलेसम्म ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६७१ जना निको भएर घर फर्किसकेका छन् । अब ३८ जना मात्र विभिन्न आइसोलेसन अस्पतालमा रहेको चन्दले जानकारी दिनुभयो ।

पछिल्लो समयमा कोरोना संक्रमण भाइरसको जाँच पनि चलिरहेको छ । कन्ट्याक ट्रेसिङ र बढी भिडभाड हुने क्षेत्रहरुमा नमूना जाँच हुदै आएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्