राप्ती इञ्जिनियरिङ कलेजमा अनलाइन कक्षा शुरु – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजमा अनलाइन कक्षा शुरु


जनादेशडेली संबाददाता । राप्ती इञ्जिनियरिङ कलेजले अनलाइन कक्षा संचालनको तयारी शुरु गरेको छ । कलेजका सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरुको इमेल आईडी निर्माण गरिएको छ । माइक्रोसफ्ट कम्पनीले शिक्षक, कमचारी तथा विद्यार्थीहरुका लागी ५० हजार आईडी उपलब्ध गराएको छ ।

प्रत्येकले इमेल आईडी, ५० जिवी इपेस, १ टिबी स्टोरेज उपयोग गर्न पाउने व्यवस्था गरिएको छ । माइक्रोसफ्ट अफिस तिनसय पैसठी अन्तर्गत एमएस टिम्स लगाएत १६ वटा विभिन्न टुल्ससमेत प्रयोग गर्न पाउनेछन् । एमएस वर्ड, एमएस एक्सल र एमएस पावरप्वाइट वेब भर्सनमा प्रयोग गर्न पाउनेछन् ।

विद्यार्थीहरुलाई व्यवहारिक तथा प्रभावकारी शिक्षण गर्नका लागि कलेजले अनलाइन कक्षा संचालनको लागि सम्पूर्ण तयारी पुरा गरेको कलेजका प्रिन्पिसल रेशम गिरीले जानकारी दिनुभयो ।

कलेजले पोखरा विश्वविद्यालयबाट सम्वन्ध प्राप्त गरी बिई सिभिल र विसिए कार्यक्रम संचालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त गरी डिप्लोमा ईन कम्प्युटर इञ्जिनियरिङ, अमिन, सिभिल सवओभरसियर र इलेक्टीकल सवओभरसियर कार्यक्रमहरु संचालनमा रहेकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्