रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १० जना घाइते – Janadesh Daily | ePaper

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १० जना घाइते


रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ ।

बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताए । घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

बसको बायाँ तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्