प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता – Janadesh Daily | ePaper

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उनीहरूबीचको भेटवार्तामा समसामयिक विषयवस्तुमाथि छलफल भएको छ ।

प्रचण्ड र ओलीबीच आइतबार पनि भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

शनिबार ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच ३ घण्टा लामो छलफल भएको थियो । उक्त छलफलपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

यही आशङ्काबीच प्रचण्ड र ओलीले निरन्तर भेट गरिरहेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्