प्रतिनिधि सभाको सचिव पदमा अधिकारी नियुक्त – Janadesh Daily | ePaper

प्रतिनिधि सभाको सचिव पदमा अधिकारी नियुक्त


राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेका छन्।

मंगलबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले अधिकारीलाई प्रतिनिधिसभा सदस्यमा नियुक्त गरेको जानकारी गराएकी छिन्।

सभामुख देवराज घिमिरेले सोमबार राष्ट्रपति पौडेलसमक्ष अधिकारीलाई सिफारिस गरेका थिए।

नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए।

प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सो पद रिक्त थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्