ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा – Janadesh Daily | ePaper

ब्राजिललाई टाइब्रेकरमा हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा


उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै उरुग्वे सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समयमा गोल हुन नसकेपछि खेलमा पेनाल्टी सुटआउटबाट धकेलिएको थियो, जसमा ब्राजिलका दुई गोल चुके ।

उरुग्वेका भने चार खेलाडीले गोल गरे । खेलको ७४औँ मिनेटमा उरुग्वे १० खेलाडीमा सीमित भएको थियो । योसँगै कोपाको सेमिफाइनल समीकरण पूरा भएको छ ।

यसपटक उरुग्वेका साथै अर्जेन्टिना, कोलोम्बिया र क्यानडाले सेमिफाइनलको यात्रा गरे ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्