गिरिबन्धु प्रकरणका आत्तिएर समीकरण परिवर्तन गर्ने दलले नैतिकताको पाठ सिकाउन मिल्दैन: सापकोटा – Janadesh Daily | ePaper

गिरिबन्धु प्रकरणका आत्तिएर समीकरण परिवर्तन गर्ने दलले नैतिकताको पाठ सिकाउन मिल्दैन: सापकोटा


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कांग्रेस–एमालेबीच भएको सहमतिप्रति आशंका व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सापकोटाले दुई दलहरुबीचको सहमति अपारदर्शी भएको र यसले स्थिरता नदिने पार्टीको निष्कर्ष रहेको भन्दै उक्त सहमति प्रति आशंका व्यक्त गरे ।

सदनमा छलफल भइरहँदा पनि दुईदलबीच भएका सहमति बाहिर नआएको र मिडिया ट्रयाल भइरहेको उनले आरोप लगाए । उनले दिनभर प्रधानमन्त्रीसंग छलफल गर्ने र अर्का नेताहरूलाई कांग्रेससंग सहमति गर्न व्यक्तिको घरमा पठाउने कामले नैतिकताप्रति पनि प्रश्न उठेको तर्क गरे ।

सापकोटाले भूटानी शरणार्थीको फाइल खोल्ने काम र बेचन झाको पक्राउले नै बेचैन हुँदै एमालेले डुङ्गा प्वाल परेको देखेको टिप्पणी गरे । गिरिबन्धु प्रकरणका आत्तिएर समीकरण परिवर्तन गर्ने दलले माओवादीलाई नैतिकताको पाठ सिकाउन नमिल्ने उनले बताए ।

उनले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले विश्वासको मत लिन सक्ने व्यवस्था संविधानमा रहेको भन्दै प्रधानमन्त्रीले संविधानमा रहेको व्यवस्थालाई पालना गर्ने स्पष्ट पारे । सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतले सरकार बन्ने बताए ।

उनले माओवादीले अन्य दलसँग सहकार्य गर्दा कुनै व्यक्तिको घरमा गएर अमुक सहमति नगरेको जिकिर गरे । सापकोटाले संविधान संशोधनका लागि प्रतिनिधिसभाका दुइतिहाई पुराउन कांग्रेस–एमाले सफल हुनसक्ने भए पनि राष्ट्रियसभामा असम्भव रहेको बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्