१५ अंकले बढ्यो नेप्से, ५ अर्ब ५३ करोडको कारोबार – Janadesh Daily | ePaper

१५ अंकले बढ्यो नेप्से, ५ अर्ब ५३ करोडको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७९ अंकले बढेर दुई हजार १५२.१४ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक १०८, हाइड्रोपावर १३, जीवन बीमा २७, निर्जीवन बीमा ४८, अन्य १० र माइक्रोफाइनान्स उपसमूह १४२ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन १५, उत्पादन ३५, व्यापार ९ र फाइनान्स उपसमूह ३ अंकले घटेको छ ।

आज गणपति लघुवित्त वित्तिय संस्था र आत्मनिर्भर लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले त्रढेको छ । समग्रमा बजार बढेपनि आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्केमको सेयर झण्डै साढे ५ प्रतिशतले घटेको छ ।

यस दिन ३१६ कम्पनीको एक करोड १६ लाख कित्ता सेयर ५ अर्ब ५३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्