मोदीको रुस भ्रमणप्रति जेलेन्स्कीद्वारा असन्तुष्टि व्यक्त – Janadesh Daily | ePaper

मोदीको रुस भ्रमणप्रति जेलेन्स्कीद्वारा असन्तुष्टि व्यक्त


काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको बताए ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्( ‘विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ ।’

रुसले हाल युक्रेनमाथिको आक्रमण तीब्र गरेको छ । सोमबार मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्