२३ अंकले बढ्यो नेप्स, ५ अर्ब ७४ करोडको कारोबार – Janadesh Daily | ePaper

२३ अंकले बढ्यो नेप्स, ५ अर्ब ७४ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २३.२५अंकले बढेर दुई हजार १७५.४० विन्दुमा पुगेको छ ।

बैंकिङ १९, हाइड्रोपावर २८, जीवन बीमा ७९, निर्जीवन बीमा १४१, अन्य ८, माइक्रोफाइनान्स ७३, होटल तथा पर्यटन ५२, उत्पादन ३९, व्यापार २ र फाइनान्स उपसमूह २९ अंकले बढेको छ । त्यस्तै, आज विकास बैंक उपसमूह १३ अंकले घटेको छ ।

आज एसबिएल डीबेन्चर २०८३ र बलेफि हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज बुद्धभुमी नेपाल हाइड्रोको सेयर १० प्रतिशतले घटेको
छ ।

यस दिन ३२२ कम्पनीको एक करोड ५२ लाख कित्ता सेयर ५ अर्ब ७४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्