सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४६ हजार ७ सय रुपैयाँ – Janadesh Daily | ePaper

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४६ हजार ७ सय रुपैयाँ


काठमाडौं । आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन आज १८ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज १५ रूपैयाँले बढेर १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्