झण्डै ५३ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ६२ करोडको कारोबार – Janadesh Daily | ePaper

झण्डै ५३ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ६२ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ५२.९७ अंकले बढेर दुई हजार २५७.५९ विन्दुमा पुगेको छ ।

बैंकिङ ४४, विकास बैंक ५३, हाइड्रोपावर ८८, जीवन बीमा २२०, निर्जीवन बीमा १४०, अन्य ३३, होटल तथा पर्यटन ५९, उत्पादन १७४, फाइनान्स ३४, माइक्रोफाइनान्स ४० र व्यापार उपसमूह ६६ अंकले बढेको छ ।

आज रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज प्राइम डीबेन्चर २०८४को सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३०९ कम्पनीको एक करोड २० लाख कित्ता सेयर ७ अर्ब ६२ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्