साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर – Janadesh Daily | ePaper

साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर


काठमाडौं । वाणिज्य बैंकहरुको साउन महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

औसतमा हेर्दा २० वाणिज्य बैंकहरुले साउनका लागि ०.१३७ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन् ।

वाणिज्य बैंकहरुले असारमा ६.८८ प्रतिशत ब्याज दिएका थिए । साउनका लागि व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.७४ प्रतिशत कायम भएको छ ।

विवरण अनुसार १३ बैंकको ब्याजद घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै, २ बैंकले ब्याजदर बढाएका छन् ।

साउनमा ब्याजदर बढाउनेमा कृषि विकास बैंक र एभरेस्ट बैंक छन् । यी बैंकले ०.६३२ र ०.५५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।

यस्तै, सबैभन्दा बढी ब्याजदर घटाउनेमा हिमालयन बैंक रहेको छ । हिमालयन बैंकले ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्