नेता नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

नेता नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

७ जना सशस्त्र प्रहरी र दुई जना जनपद प्रहरीमा कोरोना संक्रमण देखिएको हो । नेपालका परिवार सदस्य र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको बिहीबार स्वाब संकलन गरी परीक्षण गरिएको थियो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको रिपोर्ट आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई आइसोलेसनमा राखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्