पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुरमा – Janadesh Daily | ePaper

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा. महावीर पुन भरतपुरमा


चितवन। पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा। महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ ।

३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा। पुन यस अभियानमा लागेका छन् ।

कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा। पुनको अभियान सकारात्मक रहेको बताउनुभयो । राष्ट्र निर्माण गर्ने सबै नागरिकको जिम्मेवारी उतिकै रहने भएकाले यस्ता अभियानलाई सबैले साथ दिनुपर्ने प्रमुख दाहालको भनाइ थियो ।

‘राष्ट्र निर्माणमा सरकारको मात्र भर पर्नु हुँदैन,उहाँले भन्नुभयो,‘ सबै नागरिकले राष्ट्रप्रति उत्तरदायित्व बहन गर्नुपर्छ । आँटे पछि अठोट लिए कुनै पनि काम असम्भव छैन ।’

प्रमुख दाहालले अभियानमा भरतपुर महानगरको सिंगो परिवार साथ, सहयोग रहने र अभियानको पूर्ण सफलताको कामना पनि गर्नुभयो ।

प्रतिपुस्तक रु सात सय ५० मा बिक्री गर्ने गरिएको डा। पुनले बताउनुभयो । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं’, उहाँले भन्नुभयो, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’

नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताउनुभयो । उहाँका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्