६१ अंकले बढ्यो नेप्से, १५ अर्ब २३ करोडको कारोबार – Janadesh Daily | ePaper

६१ अंकले बढ्यो नेप्से, १५ अर्ब २३ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ६१.६१ अंकले बढेर दुई हजार ४८५.९४ विन्दुमा पुगेको छ ।

बैंकिङ ५२, विकास बैंक ६९, होटल तथा पर्यटन २५९, जीवन बीमा १७४, माइक्रोफाइनान्स ८३, निर्जीवन बीमा ७८, अन्य ६०, व्यापार २३०, उत्पादन २१३, फाइनान्स ४१ र हाइड्रोपावर उपसमूह ४० अंकले बढेको छ ।

आज यूनाइटेड मोदी हाइड्रोपावर र समता घरेलु लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सिक्लेश हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३१५ कम्पनीको ४ करोड ११ लाख कित्ता सेयर १५ अर्ब २३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्