२.१५ अंकले बढ्यो नेप्से, १३ अर्ब ९१ करोडको कारोबार – Janadesh Daily | ePaper

२.१५ अंकले बढ्यो नेप्से, १३ अर्ब ९१ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से २.१५ अंकले बढेर दुई हजार ४८८.०९ विन्दुमा पुगेको छ ।

जीवन बीमा १, अन्य २६, व्यापार ६७, उत्पादन १६०, फाइनान्स २० र हाइड्रोपावर उपसमूह ५२ अंकले बढेको छ ।
त्यस्तै, बैंकिङ १७, विकास बैंक ३१, होटल तथा पर्यटन १४, माइक्रोफाइनान्स २८ र निर्जीवन बीमा उपसमूह ८ अंकले घटेको छ ।

आज मुक्तिनाथ कृषी कम्पनीको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गणपति लघुवित्तको सेयर झण्डै १० प्रतिशतले घटेको छ ।

यस दिन ३०९ कम्पनीको ३ करोड ९७ लाख कित्ता सेयर १३ अर्ब ९१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्