एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा – Janadesh Daily | ePaper

एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा


काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई १४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो ।

यस अवधिमा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ भने १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात गरेको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्