वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको छ: बस्नेत – Janadesh Daily | ePaper

वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको छ: बस्नेत


माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै पूर्वउर्जामन्त्री समेत रहेका उनले यस्तो आरोप लगाएका हुन् ।

सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने, तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिँडेको उनको आरोप छ । उनले भने,‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दै छ ।’

उनले अमुक उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए । विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र नभएर महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित रहेको उनको भनाइ छ ।

‘अमुक उद्योगमा काटिएको विद्युत लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ । स्पष्ट छ, यो विवाद विद्युत काट्ने वा जोड्ने कुराको मात्र होइन, महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित छ,’ उनले भने ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्