२७ अंकले घट्यो नेप्से, १६ अर्बमाथिको कारोबार – Janadesh Daily | ePaper

२७ अंकले घट्यो नेप्से, १६ अर्बमाथिको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से २७.३२ अंकले घटेर दुई हजार ५३६.११ विन्दुमा पुगेको छ ।

बैंकिङ १७, विकास बैंक २९, हाइड्रोपावर ५०, जीवन बीमा ३८, उत्पादन ९७, माइक्रोफाइनान्स ७१, निर्जीवन बीमा १८, अन्य ३६ र ब्यापार उपसमूह ११९ अंकले घटेको छ। त्यस्तै, फाइनान्स ३३ र होटल तथा पर्यटन समूह ८ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल बालाजु, एसियन हाइड्रोपावर, चन्द्रागिरि हिल्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज चिरख्वा हाइड्रोपावरको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३११ कम्पनीको ४ करोड ७ लाख कित्ता सेयर १६ अर्ब २० करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्