मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै – Janadesh Daily | ePaper

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री केपी ओलीले आज बुधबार अपराह्न पाँच बजेका लागि आकस्मिक बैठक बोलाएका हुन् ।

बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्यसबारे जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बस्न लागेको हो ।

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।

दुर्घटनामा पाइलट मनिष रत्न शाक्यबाहेक सबै १८ यात्रुको निधन भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्