विमान दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ: प्रचण्ड – Janadesh Daily | ePaper

विमान दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ: प्रचण्ड


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्