प्रतितोला २४ सय रुपैयाँले घट्यो सुनको मूल्य – Janadesh Daily | ePaper

प्रतितोला २४ सय रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २४ सय रूपैयाँले घटेको छ ।

बुधबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज २४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सय रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५५ रूपैयाँले घटेर १ हजार ७ सय ५० रूपैयाँमा कारोवार भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्