३२ अंकले बढ्यो नेप्से, १४ अर्ब १३ करोडको कारोबार – Janadesh Daily | ePaper

३२ अंकले बढ्यो नेप्से, १४ अर्ब १३ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ३२ अंकले बढेर दुई हजार ५६८.११ विन्दुमा पुगेको छ ।

बैंकिङ १९, जीवन बीमा ८८, उत्पादन ६६, माइक्रोफाइनान्स ३५६, निर्जीवन बीमा ३६९, ब्यापार ३०, फाइनान्स ३५ र होटल तथा पर्यटन समूह २७ अंकले बढेको छ ।
त्यस्तै, विकास बैंक १७, अन्य ६ र हाइड्रोपावर उपसमूह ३ अंकले घटेको छ ।

आज उपकार लघुवित्त वित्तिय संस्था, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मितरी डेभलपमेन्ट बैंकको सेयर ७ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३२० कम्पनीको ३ करोड ५५ लाख कित्ता सेयर १४ अर्ब १३ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्