इजरायली क्षेत्रको फुटबल मैदानमा रकेट आक्रमण: २० जनाको मृत्यु, २९ भन्दा धेरै घाइते – Janadesh Daily | ePaper

इजरायली क्षेत्रको फुटबल मैदानमा रकेट आक्रमण: २० जनाको मृत्यु, २९ भन्दा धेरै घाइते


इजरायली कब्जामा रहेको गोलान हाइट्समा रकेट आक्रमण हुँदा १२ जनाको ज्यान गएको छ । अरू २९ जनाभन्दा धेरै घाइते भएका इजरायल डिफेन्स फोर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बालबालिका र किशोर किशोरी खेलीरहेको फुटबल मैदानमा रकेट आक्रमण भएको हो । ज्यान गुमाउने १० देखि २० वर्ष उमेर समूहका रहेका छन् ।

सिरियाको दक्षिण पश्चिम क्षेत्रमा रहेको गोलान हाइट्स इजरालको कब्जामा रहेको छ । लेवनानी लडाकु समूह हिजबुल्लाहले आक्रमण गरेको इजरायली सुरक्षा फौजले दाबी गरेको छ । इजरायल–गाजा युद्धपछि हिजबुल्लाहले इजरायली क्षेत्रमा आक्रमण गरिरहेको छ । तर गोलान हाइट्सको घटना अक्टोबर ७ मा इजरायल–गाजा युद्ध शुरु भएपछि इजरायलको उत्तरी सिमानामा सबैभन्दा धेरै ज्यान गएको घटना हो ।

यसैबीच हिजो इजरायलले गाजामा फिल्ड अस्पताल रहेको एउटा विद्यालयमा आक्रमणमा गर्दा कम्तीमा ३० जनाको ज्यान गएको छ । एक सय जनाभन्दा धेरै घाइते भएका हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले विद्यालयबाट सञ्चालित हमास आतङ्कवादीलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । गाजाको नागरिक प्रतिरक्षा निकायले विद्यालयमा शरण लिएका झन्डै चार हजार विस्थापित मानिस बसिरहेको बताएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्