११३.४२ अंकले बढ्यो नेप्से, १५ अर्ब ८१ करोडको कारोबार – Janadesh Daily | ePaper

११३.४२ अंकले बढ्यो नेप्से, १५ अर्ब ८१ करोडको कारोबार


काठमाडौँ । आइतबार सेयर बजार परिसूचक नेप्से ११३.४२ अंकले बढेर दुई हजार ६८१.५६ विन्दुमा पुगेको छ ।


बैंकिङ १४१, विकास बैंक २४५, जीवन बीमा ५१९, उत्पादन १३४, निर्जीवन बीमा ३४५, ब्यापार ९९, फाइनान्स ३८, होटल तथा पर्यटन ३१, अन्य ५९ र हाइड्रोपावर उपसमूह २६ अंकले बढेको छ ।
त्यस्तै, माइक्रोफाइनान्स उपसमूह भने १० अंकले घटेको छ ।

आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई, प्राइम कमर्सियल, सिटिजन्स बैंक, कृषी विकास बैंक, नेपाल बैंक, उपकार लघुवित्त र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज गणपति लघुवित्तको सेयर भने झण्डै साढे ९ प्रतिशतले घटेको छ ।

यस दिन ३१८ कम्पनीको ४ करोड कित्ता सेयर १५ अर्ब ८१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्