राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, अनुसन्धान विभागमा भट्ट – Janadesh Daily | ePaper

राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल, अनुसन्धान विभागमा भट्ट


काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन् । साउन १४ देखि लागु हुने गरी पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

यसअघि डा. गुणाकर भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यस्तै, भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएसँगै उनलाई काजमा पठाउनुपर्ने भएपछि आर्थिक अनुसन्धान विभागको जिम्मेवारी हेरफेर भएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्