लियो क्लव अफ राप्ती इञ्जिनियरिङ कलेजद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Janadesh Daily | ePaper

लियो क्लव अफ राप्ती इञ्जिनियरिङ कलेजद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न


घोराही, दाङ । विश्व मानव बेचवबखन बिरुद्ध दिवसको अवसरमा लियो क्लव अफ राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा मानव बेचविखन विरुद्धः युवाको भूमिका विषयक वक्तृत्व कला प्रतियोगिता सम्मपन्न भएको छ ।

उक्त प्रतियोगितामा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्ने दोस्रो सेमेष्टरकी छात्रा शोभा चौधरी प्रथम, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ चौथों सेमेष्टरका विद्यार्थी मदन जि. सी. दोस्रो, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ दोस्रो सेमेष्टरका छात्र राज कुमार वली तेस्रो र डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ चौथो सेमेष्टरकी छात्रा संगिता सुनारले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नेहरुलाई डायरी, मेडल र प्रमाणपत्र विरतण गरिएको थियो । वक्तृत्व कला प्रतियोगिताको निर्णायक मण्डलमा कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरी, क्लव अफ राप्ती इञ्जिनियरिङका अध्यक्ष कर्ण बहादुर पुन मगर, र ई. सर्मिला दहित रहेका थिए ।

उक्त कार्यक्रममा कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले युवा बिद्यार्थीले वाक कला कसरी प्रस्तुत गर्ने भन्ने विषयमा मन्तव्य राख्नु भएको थियो । साथै उहाले मानव बेचबिखन नेपाल र विश्वकै ठुलो समस्या रहेको र यसलाई युवाहरुलाई परिचालन गरी जनचेतना मुलक कार्यक्रमहरुद्धारा न्युनिकरण गर्न सकिन्छ भन्ने धारणा राख्नु भयो । सुचना प्रविधि र सामाजिक सञ्जालहरुको प्रयाग गरी मानव बेचबिखन विरुद्धको बारेमा जनचतना फैलाउन सकिन्छ । युवाहरूको सामूहिक क्रियाकलापले मानव तस्करी उन्मूलनमा पार्न सक्ने प्रभाव र यो गम्भीर मुद्दाको सामना गर्न युवाहरूको संलग्नता अनिवार्य हुनु पर्ने कुरामा डा. गिरीले जोड दिनु भयो।

अहिलेका युवाहरू प्रविधिमैत्री भएकाले सामाजिक सञ्जाल र प्रविधिको उपयोग गरेर जनचेतना बढाउन, महत्त्वपूर्ण जानकारी फैलाउन र नीतिगत परिवर्तनको पक्षमा वकालत गर्न, युवाहरु र सरोकारवालहरुलाई आव्हान समेत गर्नु भयो । तीन तहका सरकारहरु, गैरसरकारी संगठनहरू र अन्तर्राष्ट्रिय संगठनहरूले मानव तस्करीविरुद्ध थप निर्णायक कदमहरू लिन दबाब दिन सक्छन् । डा. गिरीले समाजमा शिक्षाको महत्त्व र युवाहरूलाई आवश्यक सीपहरू प्रदान गर्ने तालिमको महत्त्वका बारेमा पनि औंल्याउनु भयो ।

साथै उहाँले यो सामूहिक क्रियाकलापले समुदायहरूलाई सशक्त बनाउन र शोषणप्रति जागरूकता फैलाउन सकिन्छ भन्नु भयो। युवाहरूलाई आफ्नो सामूहिक शक्ति, सृजनात्मकता, र भावनालाई मानव तस्करीविरुद्धको लडाईमा उपयोग गर्न आग्रह समेत गर्नुभयो। त्यसैगरी उहाँले मानव बेचबिखन बिरुद्धको यो लडाईमा सुचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगर्न युवाहरुलाई जोड भयो ।

उहाले भन्नु भयो, राज्यका संयन्त्रहरुको परिचान, प्रविधिको व्यवस्थापन, समुदायको सहभागीता, प्रशिक्षणहरु, राष्टिय तथा अन्तराष्टिय संघ संस्थाहरुको समन्वय गरी मानब बचबिखन बिरुद्धको अभियन सफल पार्न सकिन्छ । मानब बेचबिखनमा परेका पिडितहरुलाई राहात प्रदान गर्ने, उनीहरुलाई सहयोग गर्ने र उनीहरुको उद्धारको लागि राज्य र युवाहरुले ध्यान दिनु पर्ने कार्यकारी निर्देशक डा. गिरीले बताउँनु भयो । मानब बेचबिखनका बिरुद्ध युवाहहरु र सरोकारवाला निकायहरुले वकालत गर्ने स्थानीय, प्रदेश र केन्द्र सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्नु पर्नेमा उहाले जोड दिनु भयो ।

कार्यक्रमका अर्का वक्ता बिश्वबन्धु थापाले मानब बेचबिखनको बारेमा युवाहरूको भुमिकाको विषयमा प्रकाश पार्र्नु भएको थियो । कार्यक्रम संयोजक तथा सभाअध्यक्ष लियो सर्जन विकले मानव बेचविखन जघन्य अपराध भएकोले मानव बेचविखन विरुद्ध सरकारी निकायबाट उचित किसिमका निति नियम निर्माण गरी स्थानिय तह, प्रदेश तथा केन्द्र स्तरबाट पालना गर्न सके मात्र यसलाई निराकरण गर्न सकिने बताउनुभएको थियो ।

कार्यक्रममा कलजेजका प्रिन्सीपल रेशम गिरीको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता लियो क्लव अफ राप्ती इञ्जिनियरिङ का उपाध्यक्षसर्जन बि कले गर्नुभएको थियो । लियो क्वल अफ राप्ती इञ्जिनियरिका सदस्य सृजना सुवेदीको स्वागत मन्तव्यदेखि सुरु भएको कार्यक्रमको सहजीकरण प्रथम उपाध्यक्ष लियो मनोज कुमार शर्माले गर्नुभएको थियो । उक्त कार्यक्रम कलेजका प्रिन्सिपल रेशम गिरी, लायन्स,  प्रशासकिय अधिकृत धनेश्वर चौधरी, विसिए विभागिय प्रमुख विश्वबन्धु थापा, प्रशिक्षक सुवाष खड्का तथा कार्यक्रममा डिप्लोमा इन कम्प्युटर इन्जियिरिङका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

May be an image of 1 person, flute, violin and text

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्