५ अंकले घट्यो नेप्से, २१ अर्ब ७१ करोडको कारोबार – Janadesh Daily | ePaper

५ अंकले घट्यो नेप्से, २१ अर्ब ७१ करोडको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, विकास बैंक ४३, उत्पादन ८३, अन्य ४, माइक्रोफाइनान्स ४४, हाइड्रोपावर ६४ र ब्यापार उपसमूह १३३ अंकले घटेको छ । यस्तै, आज जीवन बीमा ४७४, होटल तथा पर्यटन २६, फाइनान्स ६२, र निर्जीवन बीमा उपसमुह २३१ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको सेयर ९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज एचआईडीसीएल, नेपाल हाइड्रो डेभलपर्स, शुभम पावर, सिटी होटल, कुथेली बुकरी स्मल हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, नेपाल फाइनान्स र सानिमा माइ हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३३२ कम्पनीको ५ करोड कित्ता सेयर २१ अर्ब ७१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्