वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो – Janadesh Daily | ePaper

वीरगञ्ज नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो


मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो ।

आव २०७९र८० मा वीरगञ्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड बराबरको २ लाख ९० हजार २ सय ८७ मेट्रिकटन खाना पकाउने ग्यास आयात गरिएको बताउँदै वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवमा ३० अर्बको २ लाख ६७ हजार ४८ मेट्रिकटन ग्यास आयात भएको जानकारी दिए । उनका अनुसार ११ हजार २ सय ३८ मेट्रिकटन कम ग्यास आयात भएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिल्लो आवमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोडको ५ लाख ९७ हजार १ सय ४४ किलोलिटर ९केल० हवाई इन्धन आयात भएकामा गत आवमा १८ अर्ब २१ करोडको १ लाख ७३ हजार चार सय ८४ रुपैयाँ केल आयात भएको छ ।

सूचना अधिकारी कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा सङ्कुचन देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताए । वीरगञ्ज नाकाबाट आव २०७९र८० को तुलनामा गत आवमा डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उनले जानकारी दिए ।

आव २०७९र८० मा १ खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार ५ सय ६ केल डिजल र ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार ७ सय ११ केल पेट्रोल आयात भएको जनाउँदै गत आवमा १ खर्ब ९ अर्ब २९ करोडको १० लाख ८३ हजार ५ सय २० केल डिजल र ३९ अर्ब २ करोड रुपैयाँको तीन लाख ९४ हजार ७ सय २३ रुपैयाँ केल पेट्रोल आयात भएको सूचना अधिकारी कर्णले जानकारी दिए ।

उनका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्