४० अंकले बढ्यो नेप्से, २१ अर्ब ८६ करोडको कारोबार – Janadesh Daily | ePaper

४० अंकले बढ्यो नेप्से, २१ अर्ब ८६ करोडको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४०.७६ अंकले बढेर दुई हजार ७९६.३८ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर १०२, ब्यापार २०७, अन्य ११८, जीवन बीमा ४३०, होटल तथा पर्यटन ४८८,र निर्जीवन बीमा उपसमूह १६८ अंकले बढेको छ ।
त्यस्तै, बैंकिङ ७, विकास बैंक ८, फाइनान्स १६४, उत्पादन ४० र माइक्रोफाइनान्स उपसमूह ४१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युद्ध, सीइबीडी हाइड्रोपावर, सगरमाथा लजविद्युत कम्पनी, कुथेली बुखरी स्मल हाइड्रोपावरे, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत, भिजन लम्बिनी उर्जा कम्पनी र मुक्तिनाथ कृषी कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज नेपाल फाइनान्सको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३२६ कम्पनीको ४ करोड ९७ लाख कित्ता सेयर २१ अर्ब ८६ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्