१०८ अंकले बढ्यो नेप्से, १७ अर्ब ९५ करोडको कारोबार – Janadesh Daily | ePaper

१०८ अंकले बढ्यो नेप्से, १७ अर्ब ९५ करोडको कारोबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १०८.३५ अंकले बढेर दुई हजार ७५९.६७ विन्दुमा पुगेको छ ।

बैंकिङ ३३, विकास बैंक २२९, फाइनान्स २३८, होटल तथा पर्यटन ३६७, हाइड्रोपावर १८५, ब्यापार २००, अन्य १७०, जीवन बीमा ५१०, निर्जीवन बीमा ४००, उत्पादन २६४ र माइक्रोफाइनान्स उपसमूह १११ अंकले बढेको छ ।

आज बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत कम्पनी, दोल्ती पावर, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स र सेन्ट्रल फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि १० प्रतिशत सानिक बैंक लिमिटेड डीबेन्चरको सेयर १० प्रतिशतले घटेको छ ।



यस दिन ३३० कम्पनीको ३ करोड ८० लाख कित्ता सेयर १७ अर्ब ९५ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्