राप्ती इञ्जिनियरिङ कलेजमा बिबिए कार्यक्रम सञ्चालन – Janadesh Daily | ePaper

राप्ती इञ्जिनियरिङ कलेजमा बिबिए कार्यक्रम सञ्चालन


घोराही । दाङको घोराही -१६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजले बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै यो वर्षदेखि कलेजमा बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

कलेजका कार्यकारी निर्देशक डा। शैलेन्द्र गिरीले कार्यक्रमको बारेमा जानकारी दिँदै प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल लक्ष्यका राष्ट्र निर्माणका लागि दक्ष जनशक्ति कार्यलाई टेवा पुर्‍याउने उद्देश्यले दाङको घोराहीमा २०६४ सालमा कलेजको स्थापना गरेको बताए ।

उनले कलेज स्थापना पश्चात् २०६६ सालमा पोखरा विश्वविद्यालयबाट ४ वर्षे बिसिए, २०६८ सालमा पोखरा विश्वविद्यालयबाट थप कार्यक्रम सम्बन्धन प्राप्त गरी ४ वर्ष बिई सिभिल र २०८० सालमा ४ वर्षे बिई कम्प्युटर कार्यक्रमहरु सञ्चालनमा रहेको बताउँदै २०८१ सालदेखि पोखरा विश्वविद्यालयबाट ४ वर्षे बिबिए कार्यक्रमको सम्बन्धन प्राप्त गरी यो वर्षदेखि कलेजमा बिबिए कार्यक्रम समेत थप गरिएको र ती सबै कार्यक्रमहरुमा प्रवेश परीक्षाको फर्म खुला गरिएको बताए ।

बिई कम्प्युटर, बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विज्ञान तथा प्रविधि संकाय अन्तर्गत चार वर्षे इञ्जिनियरिङ कार्यक्रमहरु भएको हुँदा यी कार्यक्रममा अध्ययन गर्नका लागि शैक्षिक योग्यता पुगेका विद्यार्थीहरुले प्रवेश परीक्षाको लागि आवेदन दिनुपर्ने र भर्ना हुनको लागि कलेज लिएको प्रवेश परीक्षामा उत्तीर्ण हुनुपर्ने निर्देशक गिरीको भनाइ छ । त्यस्तै बिबिए चार वर्षे व्यवस्थापन संकाय अन्तर्गतको कार्यक्रम भएको र यो कार्यक्रम मा अध्ययन गर्नका लागि प्लसटु पास गरेका विद्यार्थीहरुले कलेजमा प्रवेश परीक्षाका लागि आवेदन दिन पाउने उनले बताए ।

कलेजले कलेजमा सञ्चालनमा रहेका सबै कार्यक्रमहरुको भर्ना क्षमता र छात्रवृत्तिसम्बन्धी व्यवस्था समेत गरेको छ । बिबिए कार्यक्रमको भर्ना क्षमता ४८ जना रहेको र त्यसमा ५ जनालाई छात्रवृत्ति दिने व्यवस्था गरेको कलेजले जनाएको छ । त्यस्तै बिसिए, बिई कम्प्युटर र बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन कार्यक्रमको भर्ना क्षमता ४८/४८ जना रहेको र त्यसमा ५/५ जनालाई छात्रवृत्ति दिने व्यवस्था रहेको छ भने बिई सिभिल कार्यक्रमको भर्ना क्षमता ९६ जना रहेको र त्यसमा १० जनालाई छात्रवृत्ति दिने व्यवस्था गरिएको कलेज प्रशासनले जनाएको हो ।

यो कलेज सर्वसाधारणको सहज पहुँचमा पुग्ने गरि गुणस्तयुक्त प्राविधिक शिक्षा गर्ने उद्देश्यले स्थापित एउटा महत्त्वपूर्ण कलेज भएको कलेजका कार्यकारी निर्देशक डा। शैलेन्द्र गिरीले बताए । कलेजको स्थापनाले मुलुकको दक्ष जनशक्ति उत्पादनमा ठूलो टेवा पुर्‍याएकोहुँदा भविष्यमा यस कलेजलाई मोडेल कलेजको रुपमा स्थापना गर्ने लक्ष्य रहेको र यो कलेजबाट उत्तीर्ण भएका ८० प्रतिशत भन्दाबढी विद्यार्थीहरु रोजगारीमा जोडिएको समेत उनको भनाइ छ ।

कलेजका निर्देशक मधुसूदन वैद्यको कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै कलेज स्थापना भएदेखि नै विभिन्न प्राविधिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताए । यो कलेज लुम्बिनी प्रदेश उत्कृष्ट पहिलो कलेज बन्न सफल भएको समेत उनको भनाइ छ ।

कलेजका बिबिए संकायका सिर्जना देवकोटाले बिबिए चार वर्षे व्यवस्थापन संकाय अन्तर्गतको कार्यक्रम भएको जानकारी दिँदै यो कार्यक्रममा पढ्नका लागि ३ लाख ९९ हजार शुल्क लाग्ने बताइन् ।

कार्यक्रमको सहजीकरण कलेजका प्रवन्ध निर्देशक डा. भिमसेन गिरीले गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्