६ अंकले बढ्यो सेयर बजार, २० अर्बको कारोबार – Janadesh Daily | ePaper

६ अंकले बढ्यो सेयर बजार, २० अर्बको कारोबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ६.७० अंकले बढेर दुई हजार ७६६.३८ विन्दुमा पुगेको छ ।

हाइड्रोपावर २९, ब्यापार १८, निर्जीवन बीमा ९ र उत्पादन उपसमूह ४५३ अंकले बढेको छ ।
त्यस्तै, आज बैंकिङ ८, विकास बैंक ३६, फाइनान्स १४, होटल तथा पर्यटन ९५, अन्य १३, जीवन बीमा ४० र माइक्रोफाइनान्स उपसमूह २३ अंकले घटेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।

यस दिन ३२२ कम्पनीको ५ करोड ९ लाख कित्ता सेयर २० अर्ब ७ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्