युक्रेनको जापोरिज्झिया परमाणु केन्द्रमा आगो लागेपछि दुई देशबीच आरोप प्रत्यारो – Janadesh Daily | ePaper

युक्रेनको जापोरिज्झिया परमाणु केन्द्रमा आगो लागेपछि दुई देशबीच आरोप प्रत्यारो


दक्षिण पूर्वी युक्रेनको जापोरिज्झिया परमाणु केन्द्रमा आगो लागेपछि युक्रेन र रुसले यसको दोष एक अर्कालाई लगाइरहेका छन् ।

आइतबार सो परमाणु केन्द्रको कूलिङ टावरमा आगो लागेको थियो । आगो निभाइएको छ । तर आगलागीको दोषी रुस र युक्रेनले एक अर्कालाई देखाइरहेका छन् । सो परमाणु केन्द्रमा रुसले आगो लगाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका छन् । २ वर्षभन्दा बढी समयदेखि जापोरिज्झिया रुसी सेनाको कब्जामा छ । जापोरिज्झियामा रुसले नियुक्त गरेका गभर्नरले चाँहि युक्रेनी गोलाबारीका कारण त्यहाँ आगो लागेको भनेका थिए ।

परमाणु केन्द्रबाट बाक्लो कालो धुँवा आइरहेको आफूले देखेको संयुक्त राष्ट्रसंघको परमाणु निगरानी गर्ने संस्थाले भनेको छ । परमाणु केन्द्र सुरक्षित छ कि छैन भन्नेचाँहि स्पष्ट नभएको बताइएको छ ।

युक्रेनी सेनाहरू रुसी सीमाभित्र ३० केमी भित्रसम्म पुगेको खबर आइरहेकै समयमा यो घटना बाहिर आएको हो । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता रुसी हिस्सामा यति भित्रसम्म युक्रेनी सेना पुगेको यो पहिलो पटक हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्