७० अंकले बढ्यो नेप्से, २७ अर्ब माथिको कारोबार – Janadesh Daily | ePaper

७० अंकले बढ्यो नेप्से, २७ अर्ब माथिको कारोबार


काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ७०.८१ अंकले बढेर दुई हजार ९३१.६५ विन्दुमा पुगेको छ ।


बैंकिङ ४५, विकास बैंक १६३, फाइनान्स १६६, होटल तथा पर्यटन २२०, हाइड्रोपावर १२३, ब्यापार १६३, निर्जीवन बीमा ४१२, अन्य २४, जीवन बीमा ८१५ र माइक्रोफाइनान्स उपसमूह ५९ अंकले बढेको छ ।
त्यस्तै, उत्पादन उपसमूह ९९ अंकले घटेको छ ।

आज सूर्य ज्योति लाइफल इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, रसुवागढी हाइड्रा्पावर, स्वेतगंगा हाइड्रोपावर, शुभम पावर, भिजन लुुम्बिीनी उर्जा कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र नेशनल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि कुथेली बुकरी स्मल हाइड्रोपावरको सेयर १० प्रतिशतले घटेको छ ।

यस दिन ३३९ कम्पनीको ६ करोड ४८ लाख कित्ता सेयर २७ अर्ब २४ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्