माओवादी स्थायी समिति बैठक सुरु – Janadesh Daily | ePaper

माओवादी स्थायी समिति बैठक सुरु


काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

गत शुक्रबारदेखि जारी बैठकमा वर्तमान परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे समीक्षा भइरहेको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सोमबारसम्म ३० जना नेताहरूले आ–आफ्ना विचार राखिसकेका छन् । आज १४ जना नेताहरूले धारणा राखिसक्ने र बुधवार अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने उपाध्यायले बताए । यसअघि बोल्ने अधिकांश नेताहरूले पार्टीको नीति र नेतृत्वको खुलेर आलोचना गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्