सेयर बजारमा ८ अंकको गिरावट, साढे २१ अर्बको कारोबार – Janadesh Daily | ePaper

सेयर बजारमा ८ अंकको गिरावट, साढे २१ अर्बको कारोबार


काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्से ८.१८ अंकले घटेर दुई हजार ९२३.४६ विन्दुमा पुगेको छ ।


विकास बैंक ७६, होटल तथा पर्यटन १५३, हाइड्रोपावर १३, निर्जीवन बीमा १४५, अन्य १८, माइक्रोफाइनान्स ६२ र उत्पादन उपसमूह ११५ अंकले घटेको छ ।
यस्तै, बैंकिङ ७, फाइनान्स ५७, ब्यापार २ र जीवन बीमा उपसमूह ७९ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर र गुडविल फाइनान्स कम्पनीका सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३३२ कम्पनीको ५ करोड २७ लाख कित्ता सेयर २१ अर्ब ५१ करोडमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्