रुस र युक्रेनबीच बढ्दो द्वन्द्वका बीच पछिल्लो समय युक्रेनले रुसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ ।
युक्रेनको बढ्दो आक्रामक गतिविधिका कारण रुसको सीमावर्ती बेलगोरोड क्षेत्रको क्रास्नोयारुज्स्की जिल्लाबाट करिब ११ हजार मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्षेत्रीय गभर्नर व्याचेस्लाव ग्लेडकोभले मंगलबार जनाएका छन् । उनका अनुसार विस्थापितमध्ये लगभग १ हजार मानिस हाल अस्थायी आवास केन्द्रहरूमा बसिरहेका छन् ।
‘बिग्रँदो सुरक्षा अवस्थाका कारण सोमबार आफ्नो घर छोडेका क्रास्नोयारुज्स्की जिल्लाका विस्थापितलाई खान बस्न लगायतका न्यूनतम् आवश्यकताका सामानहरू प्रदान गरी सुरक्षित स्थानमा राखिएको छ,’ ग्लेडकोभले भने । यहीक्रममा उनले वर्तमान स्थितिमा चाँडै सुधार भई विस्थापितलाई छिट्टै घर फर्कन अनुमति जारी गरिने आशा व्यक्त गरे ।